Magar National Liberation Front Nepal, Belgium committee

जनवादले मात्र पार्टी बलियो हुन्छ -प्रचण्ड

गोरखा, ७ मंसिर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले जनवादले मात्र पार्टी बलियो बन्ने बताउनु भएको छ । उहाँले उक्त कुरा गोरखामा जारी विस्तारित बैठकमा आफ्नो दस्तावेजको बारेमा स्पष्ट पार्दै उक्त कुरा बताउनु भएको हो । अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधीनता, शान्ति र संविधानका लागि संघर्ष गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । प्रचण्डले पार्टीभित्रको अन्तसंघर्षलाई जनवादी तरिकाले हल गर्नुपर्नेमा जोड दिनुभएको पनि प्रवक्ता दीनानाथ शर्माले उल्लेख गर्नुभयो ।

बैठकहलबाट बाहिर निस्कने क्रममा कृष्ण सेन स्मृति सूचना केन्द्रमा संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले लोकतान्त्रिक मुल्य मान्यताबाट आफ्ना पार्टी अगाडि बढ्ने बताउनुभयो । गल्ती कमीकमजोरीलाई स्वीकार गर्दै रुपान्तरण हुनुपर्नेमा र सोपानक्रम अनुसार जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।

पार्टीमा समस्याहरु बढेमा जनवादको प्रयोग गरेरमात्र हल गर्न सकिने प्रचण्डको भनाई थियो । पार्टीभित्रका युवा नेताहरुलाई अगाडि बढाउनुपर्ने र नेतृत्वको उत्तराधिकारीको विकासमा पनि ध्यान दिनुपर्ने प्रचण्डले जोड दिनुभएको थियो । युवा नेताहरुलाई पार्टीका हरेक योजनामा सहभागी गराउादै लगेको खण्डमा अन्तरसंघर्षलाई व्यवस्थापन गर्न पनि सहज हुने प्रचण्डको विश्वास थियो ।

विस्तारित बैठक अहिले साढे १ बजेसम्मका लागि स्थागित भएको छ । यसैवीच अध्यक्ष प्रचण्ड र नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनका प्रतिनिधिहरुबीच भेटघाटको कार्यक्रम रहेको छ । छलफलकोत्र क्रममा विस्तारित बैठकमा लडाकुको सहभागी गरिएको भन्ने विषयमा अनमिनका प्रतिनिधिले जिज्ञासा राख्ने बुझिएको छ ।