पालुङटार (गोरखा), मंसिर ६ - माओवादी उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष पुष्पकमल दाहाललाई साझा अध्यक्ष बन्न सुझाव दिएका छन् । दाहालकै नेतृत्वमा संघीय गणतन्त्रात्मक संविधान लेखिनुपर्ने वैद्यको जोड थियो ।
गोरखाको पालुङटारमा जारी छैठौं विस्तारित बैठकमा आफ्नो प्रतिवेदनबारे प्रकाश पार्दै वैद्यले त्रुटि सच्याएर अघि बढ्न सुझाव दिए । 'अध्यक्षलाई विगतका त्रुटि सच्याएर साझा अध्यक्ष बन्न सुझाव दिएँ,' उनले सञ्चारकर्मीसित सोमबार भने ।
