| |
Magar National Liberation Front Nepal, Belgium committee |

एकीकृत नेकपा माओबादीका महासचिब रामबहादुर थापा बादलले शान्ति स्थापनाका लागि यद्ध अपरिहार्य रहेको दावी गर्दै आबश्यक परे आफुहरु अझै युद्ध गर्न पनि तयार रहेको बताउनुभएको छ । नोवेल शान्ति पुरस्कार थाप्दा ओवामाले भनेका शव्दहरु स्मरण गर्दै उहाँले शान्तिका लागि युद्ध आवश्यक हुने जिकिर गर्नुभयो । बाइ सि एल चितबनको प्रथम जिल्ला सम्मेलनलाई आज चितवनमा सम्बोधन गर्दै उहाँले माओबादीको युद्ध शान्ति र राष्ट्रिय स्बाधिनताका लागी भएको जिकिर गर्नुभयो ।
महासचिब बादलले अनमिनलाई माओबादीको समर्थन गरेको भन्ने सत्ताधारीदलहरुले आरोप लगाएर शान्ति सम्झौता भाँड्ने र अनमिनलाई बिदाई गर्ने बहाना वनाएको उल्लेख गर्नुभयो । उहाँले १० बर्षअघि जस्तै दमन गर्ने सोचमा सरकारले कैलाली घटना घटाएको भन्दै यसको बिरुद्धमा फेरी अर्को संङ्घर्ष गर्न तयार रहन कार्यकताहरुलाई निर्देशन दिनुभयो । सहमतिको विकल्प नभएको दावी गर्दै उहाँले दललाई ठेगानमा ल्याउन युवा दस्ताको एकता आवश्यक रहेको उहाँको भनाई थियो ।
नागरिक सर्बोच्चताको स्थापनाको लागी आफुहरुले आन्दोलन थालेको बताउदै उहाँले माओबादी जनताको म्यान्डेट पुरा गर्न प्रतिबद्ध रहेको भन्दै राष्ट्रिय राष्ट्र वचाउनका लागि युवा दस्तालाई नयाँ वनाउनु पर्नेमा जोड दिनुभयो । सत्ताधारी दलहरु संविधान भाँडेर देशमा युद्ध निम्त्याउन लागि परेको वताउँदै नेता वादलले लड्न तयार हुन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
|