विदेशी हस्तक्षेप भए हामी सहन्नौ : चीन
September 6th 2009
काठमाडौ, भाद २१
भारत विस्तारवादद्धारा नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा निरन्तर हस्तक्ष्ाेप भई रहेको वेला अव पनि नेपाल माथि कुनै विदेशी शक्तिले आक्रमण गरे चीनले सैन्य लगायत अन्य सहयोग गर्ने घोषणा गरेको छ । साथै चीनले नेपाल लगायत दक्ष्ािण एशिया भित्र आफनो प्रभावकारी भूमिका वढाउने उदघोष समेत गरेको छ । शनिवार राजधानीमा चीनियाँ अध्ययन केन्द्रद्धारा आयोजित एक कार्यक्रममा चीनियाँ राजदुत चिङ को होङले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र क्ष्ाेत्रीय अखण्डता जोखिममा परे चीनले सैन्य सहयोग गर्ने उदघोष समेत गरेको छ ।
लामो अन्तराल पछि चीनले मुख खोलेको छ । सधै नेपालको मामिलामा ‘आन्तरिक मुद्धा’ भनेर मौन रहने चीन अहिले किन यसरी प्रस्तुत भयो भन्नेमा चीन मामिला विज्ञहरु आश्चार्यमा परेका छन । उनीहरुका अनुसार दक्ष्ािण एशियामा भारतीय प्रभाव मत्थर पारी आफु हावी हुने रणनीतिका साथ चीन अघि सरेको हो । चीनियाँ राजदुत चिउले शनिवार एक अन्तक्रियामा भने - ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा क्षेत्रीय अखण्डता जोखिममा परे चीनले सैन्य सहयोगका अतिरिक्त आर्थिक एवं कुटनीतिक सहयोग गर्ने छ ।’ राजदुत चिउको भनाई उदृत गर्दै चीनियाँ अध्ययन केन्द्रले विज्ञेप्ती जारी गर्दै थप भनेको छ - ‘नेपालमाथि विदेशी हस्तक्ष्ाेप भए चीन नेपाली जनताको साथमा रहने छ ।’
चीनियाँ राजदुतको पछिल्लो यो भनाई आउनु भन्दा केही दिन अघि मात्र नेपाल भ्रमणमा आएका चीनियाँ कम्युनिष्ट पार्टी पोलिटव्युरो सदस्य झाङ काउ लिले भारततिर लक्षित गरी दक्ष्ािण एशियाली मुलुकसंग सक्रिय सम्वन्ध बढाउने र नेपालको जारी शान्ति प्रक्रियालाई सघाउने वताएका थिए । चीनियाँ नेता झाङले यस्तो घोषणा गरेको दुई दिन पछि राजदुत चिउले नेपाली जनतालाई साथ दिने घोषणा गरेका हुन । नेपाल भ्रमणमा रहदा चीनियाँ नेता झाङले सीमित केही वुद्धिजीवि र व्यापारीसंग माझ कुराकानी गदै दक्ष्ािण एशियामा आफनो कुटनीतिक लक्ष्य रहेको प्रष्टयाएका थिए । भ्रमणमा रहदा उनले माओवादी, कांग्रेस र एमाले वाहे अरु कसैलाई पनि भेटेनन् । पछिल्लो स्थितिमा चीनको यो नयाँ रणनीतिले भावी दक्ष्ािण एशियामा कस्तो प्रभाव पार्ला ? त्यो भने केही समय पर्खनु पर्ला ।