मगराँत स्वायत्त गणतन्त्रको घोषणा
पुष २, पाल्पा, तानसेन
पौष २ गते मगराँतको एउटा ऐतिहासिक स्थल पाल्पा जिल्लाको तानसेनको टुँडिखेलमा ५०औं हजार जन समुदायका बिचमा मगराँत गणराज्य घोषणा भयो । ध्वजा पटाकाले झकिझकाउ टुँडिखेलको मञ्च अगाडिबाट ठीक १२ बजे विभिन्न जातीय संस्कृति झल्किने झाँकीहरु सहितको जुलुस उत्सवमय ढंगबाट बजार परिक्रमा गरी तानसेन नगरको प्रमुख केन्द्र-मुटु)को रुपमा रहेको शीतलपाटीमा पुगेपछि ९ वटा रकेट पटाका पड्काउँदै तानसेन दरबारको गेटमा टाँगेको मगराँत स्वायत्त गणराज्य (Magarant Autonomous Republic) लेखिएको र्साईनबोर्डको पर्दा उघारेर प्रमुख अतिथी तथा एकिकृत ने.क.पा.-माओवादी)का महासचिव क.राम बहादुर थापा-बादल)ले समुद्घाटन गर्नु भयो । हजारौं जनताले बाजागाजा तथा ताली बजाएर अनुमोदन गरे । त्यसपछि झाँकी सहितको जुलुस बजार परिक्रमा गर्दै ठीक १ बजे मञ्चमा पुगेर घोषणा सभामा परिणत भयो ।
२०६६ पौष २ गते दिनको ठीक १ जनेबाट शुरु भएको मगराँत स्वायत्त गणराज्यको घोषणा सभा सभासद तथा ए.ने.क.पा.-माओवादी)का के.स.स., मगराँत राज्य समितिका सहर् इञ्चार्ज तथा संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल मगराँत राज्य संयोजक क.संतोष बुढा मगरको सभापतित्व र ए.ने.क.पा.-माओवादी) केन्द्रीय सल्लाहकार तथा संयुक्त राष्ट्रिय जन आन्दोलन नेपालका मगराँत राज्यका सचिव क.हस्त बहादुर के.सी.को उद्घोषणबाट शुरु भयो । पार्टी के.स.स. तथा संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल मगराँतका सह-संयोजक कर्णध्वज के.सी.को स्वागत मन्तव्य र मगराँत राज्यका क्षेत्रीय साँस्कृतिक परिवार प्रतिरोध परिवारको स्वागत गीत पश्चात हजारौं जन समुदायलाई सम्बोधन गर्दे अतिथि क.राम बहादुर थापा मगरले मगराँत स्वायत्त गणराज्यको घोषणा गर्नु भयो र यसको संयोजकको रुपमा पार्टी केन्द्रको निर्णय अनुसार क.सन्तोष बुढा मगरलाई तोकेको घोषणा गर्नु भयो । वहाँले यो घोषणाको मूल मर्म मुलुकलाई रुपान्तरण गर्ने दिशामा यो कार्यक्रमको गुदी चीज 'संघीयता र स्वायत्तता' भएको बताउनु भयो । यस कार्यक्रममा अन्य अतिथीहरु कमान ब्युरोर् इञ्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्यहरु क.टोप बहादुर रायमाझी, क.वर्षान पुन मगर , पार्टी प्रवक्ता तथा स्थायी कमिटि सदस्य क.दिनानाथ शर्मा, पार्टी पोलिट ब्युरो सदस्यहरु क.जनार्दन शर्मा, क.लोकेन्द्र विष्ट र मगराँत राज्यर् इञ्चार्ज क.सुदर्शन-हेमन्त प्रकाश ओली) ,के.स.स.क.जयपुरी र्घर्ति मगर र नेपाल मगर संघका केन्द्रीय महासचिव बसन्त र्घर्ति मगर र आदिबासी जनजाति महासंघका महासचिव राम ब. थापा मगरले पनि मगराँत स्वायत्त गणराज्यको घोषणाको औचित्य र ऐतिहासिकता बारे शुभकामा मन्तव्य दिनु भयो । यस कार्यक्रममा अतिथिको रुपमा पार्टी के.स.स.तथा मगराँत राज्य सेक्रेटरी क. आभाष-पूर्ण बहादुर घर्ति मगर), के.स.स. तथा मगराँत राज्य सहर् इञ्चार्ज क. जोख बहादुर महरा, तेक बहादुर बस्नेत, क.टंकमणी शर्मा, अन्य पार्टी केन्द्रीय सदस्यहरु क. कमला रोका मगर, क.दिनेश पन्थी, पार्टी केन्द्रीय सल्लाहकारहरुमा क. राजु नेपाली , क.नन्द ब. बुढा मगर, क. देविलाल गौतम, मगराँतका सभासदहरु लगायतका अतिथिहरुको गरिमामय सहभागिता र उपस्थितिले साँच्चै नै यो घोषणा उत्सवमय बनेको थियो । अन्तमा करिब ५ बजे घोषणा सभाको समापन भयो । स्मरण रहोस यो उत्सवमा पनि अन्य कार्यक्रमहरुको जस्तै एमालेबाट व्रि्रोह गरेर सयौं कार्यकर्ताहरु ए.ने.क.पा.-माओवादी)मा प्रवेश गरेका थिए ।


