<संसदवादीहरु संविधान लेख्न चाहदैनन : विप्लव
....... read more
>नत्र अर्को युद्ध हुने छ : प्रचण्ड....... read more
>
विदेशी हस्तक्षेप भए हामी सहन्नौ : चीन
....... read more
जनआन्दोलन नेपालका थप संघर्षका कार्यक्रमहरु
August 30th 2009
काठमाडौ, भाद्र १४
संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल केन्द्रीय सचिवालयको वैठक वसी थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ । आईतवार राजधानीमा वसेको सचिवालको वैठकले यस अघि आन्दोलनले घोषणा गरेका संघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले संचालन गर्ने निर्णय गरेको छ । जनआन्दोलन नेपालले स्थानीय स्तरमा देखा परेका दैनिक कामहरुलाई सम्पादन गर्न आन्दोलनका स्थानीय समितिलाई निर्माण गरेर जाने निर्णय पनि गरेको छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ द्धारा आईतवारै जारी गरिएको संयुक्त विज्ञेप्तीमा सरकारद्धारा अव स्थानीय निकाय गठन गरिए संविधानसभा निर्वाचनमा खसेको मत प्रतिशतका आधारमा मात्र हुनु पर्ने उल्लेख गरिएको छ । त्यसो नभए स्थानीय निकाय गठनलाई बहिस्कार गरिने चेतावनी दिईएको छ । आन्दोलनले घोषणा गरेका संघर्षका कार्यक्रमहरु बारे बाहिर थप जानकारी गराउने उद्धेश्यका साथ यही भाद्र १९ गते राजधानीमा वृहत अन्तक्रिया हुने भएको छ ।
वैठकले विभिन्न राजनीतिक, सांगठनिक निर्णयहरु पनि गरेको छ । जनआन्दोलन नेपालले गरेका वैठकका अन्य निर्णयहरु यस्ता रहेका छन ।
संगठनवारे छलफल गर्दा पदाधिकारीहरुको कार्यविभाजन, विभागको गठन र जिम्मेवारी प्रदान गर्ने साथै राज्यको संयोजक चुन्ने काम भयो । जस अनुसार उपाध्यक्षहरु मध्ये अमिक शेरचनलाई मध्य राज्यहरु -नेवाः, ताम्सालिङ्ग, तमुवान अवधको तिलक परियारलाई पश्चिम राज्यहरु र -सेम, भेक, थारुवान र मगराँत) र रामकुमारी यादवलाई पूर्वि राज्यहरु - भोजपुरा, मिथिला, कोचिला, लिम्बुवान किराँत ) हेर्ने जिम्मा दिईएको छ ।
राज्यको विभिन्न क्षेत्रहरुसाग सम्वन्धित कामहरुमा जनतालाई नेतृत्व गर्नर् र सहयोग पुर्याउन १८ वटा विभागहरु गठन गरियो । सो विभागको नेतृत्व गर्ने कार्यविभाजन पनि गरियो । जस अनुसार
१. योजना तथा अर्थ विभाग - बावुराम भट्टराई, डिल्लीराज खनाल, खड्क वहादुर विश्व कर्मा, अमृता थापा ।
२. रक्षा विभाग - जनार्दन शर्मा, गणेशमान पुन, उमा भुजेल
३. सुचना संचार तथा जनसम्पर्क विभाग - नेत्र विक्रम चन्द, राम रिझन यादव, महेश्वर दाहाल, ओम शर्मा
४. विदेश विभाग - कृष्ण वहादुर महरा, सुरेश आले, मनोज थापा, लक्ष्मण पन्त, रेणु चन्द
५. प्रसाशन तथा कानून विभाग - पम्फा भुषाल, खिमलाल देवकोटा, एकराज भण्डारी
६. संघीय मामिला तथा स्थानीय विभाग - देव गुरुङ्ग, गोपाल किरााती, लोकेन्द्र विष्ट, भक्त वहादुर शाह, नविन वि.क.
७. शिक्षा सस्कृति विभाग - कुल वहादुर के.सी., घनश्याम पौडेल, माइला लामा, लेखनाथ न्यौपाने, मुक्ति खनाल, सिता आचार्य, ईश्वर ज्ञवाली, युवराज लामा,
८. स्वास्थ्य विभाग - गिरीराजमणि पोख्रेल, मंगल वि.क., रुपा चौधरी, सत्य पहाडी
९. कृषि र सहकारी विभाग - लोकेन्द्र विष्ट, केशव नेपाल, चित्र श्रेष्ठ, धिरेन्द्र उपाध्याय
१०. उद्योग वाणिज्य तथा आपूर्ति - राम कुमार शर्मा, कृष्ण आचाार्य, शिव कट्टेल र ओनसरी घर्ति
११. पर्यटन, भौतिकपुर्वाधार र विज्ञान - हिसीला यमी, विनोद उपाध्यया, देवी खड्का, रामबहादुर बोहरा
१२. उर्जा र जलस्रोत- लिलामणी पोख्रेल, नन्दकुमार प्रसाईं, कृष्ण केसी, कुमारी मोक्तान
१३. भुमीसुधार - महेन्द्र पासवान, बिष्णु चौधरी, रामकुमार पौडेल, असर्फी सदा
१४ श्रम तथा रोजगार - लेखराज भट्ट, शालिकराम जमरकट्टेल, कल्पना धमला, इन्द्रजीत चौधरी, रनेन्द्र बराली
१५. समाज विकास - जयपुरी घर्ती, रामचरण चौधरी, बिष्णुपुकार श्रेष्ठ, हुकुमबहादुर सिह,
१६. महिला, दलित, अल्पसंख्यक - शशी श्रेष्ठ, पर्शुराम रम्तेल, हकिकुल्ला खाा, तुला बहादुर माझी, दामा शर्मा, दुर्गाजयन्ती राई,
१७. बन तथा बातावरण - प्रभु शाह, दयाराम न्यौपाने, जुनकुमारी रोका, सीता पोख्रेल, रामलौटन तिवारी,
१८. युवा खेलकुद - टोपबहादुर रायमाझी, शरदसिंह भण्डारी, धर्मशीला चापागाई, ज्ञानेन्द्र कुमाल, राजु खड्का
आन्दोलनका राज्यसमिति संयोजकहरुमा निम्न उल्लेखित कमरेडहरुलाई नियुक्त गर्ने काम भयो । जसअनुसार
सेम- भीमबहादुर कडायत,
भेक- खड्कबहादुर विक
मगराात- सन्तोष बुढा
थारुवान- रामचरण चौधरी
तमुवान- .अमर तमु
नेवा- दीलबहादुर श्रेष्ठ
किराात- गोपाल किरााती
कोचिला- पूर्णसिंह राजबंशी
तामसालिङ- कमानसिंह लामा
लिम्बुुवान- .श्री जवेगु
मधेस-
३. आन्दोलनले घोषणा गरेका संघर्षका कार्यक्रमहरुलाई प्रभाबकारी ढङ्गले संचालन गर्ने र कार्यक्रमहरु बारे स्पष्टता ल्याउन भाद्र १९ गते काठमाडौंमा बृहत अन्तक्रिया कार्यक्रम गरिने छ ।
४. आन्दोलनका घोषणा पत्र र बिधानलाई प्रकाश गरी जनताको बीचमा पुर्याउने निर्णय गरीएको छ ।
५. संविधानसभामा जितेको प्रतिशतको समानुपातिक प्रतिनिधित्व अनुरुप नभएसम्म स्थानीय निकायहरु गठनलाई बहिस्कार गरिने छ ।
६. गाउँदेखि जिल्ला तहसम्म जनताका दैनिक कामकार्यहरु - विकास निर्माणदेखि न्याय निसाफसम्म ) मा सहयोग पुगाउन आन्दोलनका स्थानिय समितिहरु बनाउने निर्णय भएको छ ।
७. धनुषा, रौतहट, ताप्लेजुङलगायत देशभरी माओवादी कार्यकर्ता र नेताहरुको बिरुद्ध संचालन गरीएका हत्या, आक्रमणहरुको भण्डाफोर गर्ने, क्षतिपूर्ति दिलाउने र प्रतिरोध गर्ने निर्णय गरिएको छ ।
८. झाडापखाला, बाढिपहिरोबाट पीडित गाउँ/परिवारलाई राहत उपलब्ध गराउँन सरकारलाई दवाव दिने निर्णय भएकोे छ ।
मिति-०६६ भाद्र १४,
महासचिव
नेत्रविक्रम चन्द ‘विप्लव’
अध्यक्ष
डा. बाबुराम भट्टराई
केन्द्रीय समिति
संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल