| |
Magar National Liberation Front Nepal, Belgium committee |
आदरणीय मगराँत वासी जनसमुदायहरु,
आज देश फेरि दलाल शक्तिहरुको पञ्जामा पर्न गई राष्ट्रियता र जनतन्त्र धरापमा पर्न गएको छ । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका जनताले चलाएको न्यायपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गणतन्त्र धरापमा पर्न गएको छ । हजारौं हजार नेपाली जनताको वलिदानबाट प्राप्त नागरिक सर्वाेच्चताको हनन् भएको छ । फेरी अर्काे रुपमा ०१७ साल दोहोरिएको छ । यो मुलुक र जनताको निम्त्ति अत्यन्त घातक र प्रतिगामी कदम हो ।
दाजुभाई तथा दिदीबहिनीहरु
जुन दिन देखि नेपाली जनताले संविधानसभा मार्फत दलाल र प्रतिगामी शक्तिहरुलाई तिरस्कार र वहिष्कार गर्दै एकिकृत ने.क.पा.-माओवादी) लाई भारी बहुमतद्वारा नेपाल र नेपाली जनताको राष्ट्रिता र जनतन्त्रको रक्षाको अभिभारा र जिम्मेवारी सुम्प्यो, त्यही दिनदेखि विदेशी शक्तिहरु र दलाल तथा प्रतिगामी शक्तिहरुको वीचमा नयाँ गठवन्धन र षड्यन्त्र शुरु भयो । केही ने.क.पा.-माओवादी) संगै सरकारमा आई सरकारी तौरबाटै अवरोध खडा गर्ने, केहिले प्रतिपक्षमा वसी कुनै पनि काम कार्वाही गर्न नदिने र २४० वर्षको सामन्ती राजतन्त्रको प्रतिनिधि रुकमाङगत कटुवाललाई जननिर्वाचित सरकारको कार्यकारी अधिकारको एक पछि अर्काे हनन् गर्दै जाने कुरामा उक्साउादै प्रतिगमनकारी र प्रतिक्रान्तिकारी कदम शुरु गरे । शुरुदेखि माओवादीको नेतृत्वमा भएको सरकारलाई असफल र जनताबाट कटाउनलाई लोडसेडिङ, पेट्रोलियम पद्धार्थमा कृत्रिम अभाव, महंगी, लुटपाट, हत्याहिंसा जस्ता अराजक गतिविधि, बन्द, हडताल, सरकारी कामकाजमा ढिलासुस्ती जस्ता गतिविधिबाट माओवादी नेतृत्वको सरकारलाई असफल पार्ने षड्यन्त्र र क्रियाकलाप हुँदै आयो । पछिल्लो षड्यन्त्रको रुपमा प्रतिगामी शक्तिहरु ज्ञानेन्द्र शाहीसहित गत फागुन महिनामा दिल्लीमा जम्मा भएर विदेशी प्रभूहरुको गुरु योजनामा जननिर्वाचित सरकारलाई अपदस्त गर्ने र वैशाख महिना भित्र जसरी पनि माओवादी सरकारलाई ढाल्ने कसम खाएर नेपाल र्फके । यसको क्रमवद्ध र सिलसिलेवार कदमको रुपमा सरकारको निर्णय विपरित नेपाली सेनामा भर्ती गर्ने, अवकाश प्राप्त जर्णेलहरुलाई मनोमानि म्याद थपिदिने सदन र सडकमा भएका अवरोधहरु, रोल्पाको गाममा सुनियोजित रुपले केही सेना र जिम्मेवारी दलहरुको योजना र पृष्ठपोषणमा गरिएका सशस्त्र र हिंसात्मक गतिविधि, क.प्रचण्डको भिडियो टेप प्रकरण आदि सवै यसैको योजनावद्ध षड्यन्त्र थिए । अन्ततः यसको उत्कर्षमा प्रजातन्त्रको जामा पहिरिएका कथित प्रजातन्त्रवादीहरुले आफैले बनाएको संविधान च्यात च्युत पारेर आफैले बनाएको संविधान र लोकतन्त्रको धज्जी उदाएका छन् । हजारांै नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त नागरिक सर्वाेच्चता र सार्वभौम अधिकार हनन गरेका छन् । फेरी अर्काे ढंगले सैन्य शासन कायम गरिएको छ । पछिल्लो कदमको रुपमा प्रतिगमनकारी कथित सेनापतिको आडमा विदेशी प्रभुहरुको डिजाइनमा आलंकारिक राष्ट्रपति रामबरण यादबद्वारा जुन असंवैधानिक कदमको रुपमा कु भएको छ र त्यसको आधारमा असंवैधानिक ढंगले कठपुतली सरकार बनेको छ । यो घोर राष्ट्रघाती र जनघाती कदम भएको ठहर गर्दै यो टीके कठपुतली सरकार टीके राजा ज्ञानेन्द्र सरकारको अर्काे संस्करण हो । त्यसैले यसले चाल्ने जुनसुकै कदम पनि जनता र राष्ट्रको पक्षमा नहुने कुरा स्पष्ट छ ।
राष्ट्रवादी तथा न्यायपूर्ण जनसमुदायहरु,
उपर्युक्त योजनावद्ध र शिलसिलेवार चालिएको प्रतिक्रान्तिकारी र प्रतिगामी कदमको घोर भत्र्सना गर्दै एकिकृत ने.क.पा.-माओवादी) र उसका विभिन्न ज.ब.स. तथा मोर्चाहरुले आह्वान गरेका यही जेष्ठ २१ देखि असार १ गते सम्मका संघर्षका कार्यक्रमहरु प्रति हामी ऐक्यबद्धता र सक्रिय समर्थन व्यक्त गर्दछौं । साथै यहि जेष्ठ २६ गते ज.ब.स. तथा जातीय तथा क्षेत्रीय मोर्चाहरुको केन्द्रीय संघर्ष समितिले एकरुपतामा आह्वान गरेको देशव्यापि जनप्रदर्शनप्रति हामी पूर्ण समर्थन गर्दछौं र सम्पूर्ण आम जनसमुदायमा यी संघर्षका कार्यक्रममा सक्रियतापूर्वक भाग लिई कार्यान्वयन गर्न यसै प्रेस विज्ञप्ति मार्फत् हार्दिक अपिल गर्दछौं । भर्खरै जेष्ठ १५ र १६ मा गाईघाट उपयपुरमा सम्पन्न मोर्चाको एकता राष्ट्रिय भेलाले कटुवाल र राष्ट्रपतिको असंवैधानिक कदम प्रति घोर आपति जनाउँदै वर्तमान सरकारलाई दलालहरुको गठवन्धनमा बनेको कठपुतली सरकार ठहर गरेको छ र जवसम्म यो प्रतिगामी, राष्ट्रघाती र जनविरोधी कदम सचिदैन तवसम्म यस कदमका विरुद्ध राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गरिरहने घोषणा गरेको छ र हाम्रो तत्कालिक माग "जातीय आत्मनिर्णयको अधिकार र मगराँत स्वायत्त गणराज्यको घोषणा गर्न" माग गर्दै यसको पहिलो कदमको रुपमा यही जेष्ठ २९ गते उपर्युक्त सवै प्रक्रियाको विरुद्धमा र राष्ट्रियता र लोकतन्त्र तथा नागरिक सर्वाेच्चताको पुनर वहालीको पक्षमा मगराँत बन्दको घोषणा गरेका छौं । उक्त दिन यातायत, उद्योग, बजार, शिक्षण संस्था, कार्यालय बन्द गरी हाम्रो न्यायपूर्ण आवाजलाई जनसमक्ष पुर्याइदिन र बन्दलाई शान्तिपूर्ण रुपमा सफल पारिदिन आम जनसमुदाय, नागरिक समाज, संघ संस्था, पत्रकार, बुद्धिजीवि शिक्षक विद्यार्थी, किसान मजदुर, व्यपारी लगायतका विभिन्न तह र तप्काका देशभक्त, राष्ट्र।बादी सवै संग हाम्रो मोर्चा मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल हार्दिक अपिल गर्दछ ।
मिति २०६६ जेष्ठ २१ गते
आयोजक
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
Date 2066-02-16 BS
पत्रकार मित्र बन्धुहरु तथा उपस्थित जनसमुदाय तथा महानुभावहरु,
देशभर छरिएर रहेका करिब २५ लाख मगरहरुको नेतृत्व गर्ने राजनैतिक प्रतिनिधि संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल र मगर मुक्ति संगठन बीचको एकता भेला भर्खरै यहि २०६६ जेष्ठ १५ र १६ गते उदयपुरको सदरमुकाम गाईघाटमा भव्यता पूर्वक सम्पन्न भयो । यो ऐतिहासिक एकता भेलाले लिएका महत्वपूर्ण निर्णयहरु सार्वर्जनिक गर्नकालागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१. एकिकृत ने.क.पा.-माओवादी)का वरिष्ठ सचिवालय सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सल्लाहकार परिषदका संयोजक, मगरहरुको एक लोकपि्रय नेता कमरेड राम बहादुर थापा मगर -बादल)को प्रमुख आतिथ्य र माओवादी पार्टीका पि.वि.एम.द्वय कमरेडहरु लोकेन्द्र विष्ट मगर र क .हेमन्त प्रकाश ओली -सुदर्शन), सि.सि.एम.हरु क. सागर, क. हिमाल, जनजाति महासंघका महासचिव कमरेड राम बहादुर थापा मगर लगायतका विभिन्न ज.ब.स.का नेताहरुको आतिथ्य र मोर्चाका केन्द्रीय अध्यक्ष क. संतोष बुढा मगरको अध्यक्षता, क. शरुण बाँठा मगरको उद्घोषणमा उदयपुर गाईघाट स्थित त्रियुगा उच्च मा.वि.को प्रांगणमा एकता राष्ट्रिय भेलाको समुद्घाटन समारोह भव्यताका साथ सम्पन्न भयो ।
२. भेला हजारौं जनसमुदायले विभिन्न नारा जुलुस सहित नगर परिक्रमा पश्चात सभामा परिणत भयो । प्रमुख अतिथि क. राम बहादुर थापा मगर-बादल)ले मैनबत्ति बालेर भेलाको उद्घाटन गरेपछि विभिन्न ज.ब.स.मोर्चाका नेताहरु लगायत जनजाति महासंघका महासगिव राम बहादुर थापा मगर सि.सि.एम. तथा किराँत राज्य सेक्रेटरी क.सागर, पि.वि.एम.द्वय क.लोकेन्द्र विष्ट मगर र क. हेमन्त प्रकाश ओली-सुदर्शन)ले शुभकामना मन्तव्य दिनु भयो । भेलाका प्रमुख अतिथि क.राम बहादुर थापा मगर-बादल)ले आफ्नो उद्घाटन तथा शुभकामन मन्तव्यको क्रममा वर्तमान सरकार विदेशी ग्राण्ड डिजाईनमा बनेको कठपुतली सरकार भएको र राष्ट्रपति रामवरण यादवले असंवैधानिक 'कू' गरेकोले राष्ट्रियता र नागरिक सर्वोच्चताको सुरक्षाको निमित्त ए.ने.क.पा.-माओवादी)ले सरकारबाट राजीनामा दिएको बताउँदै सरकारबाट हटेर पनि ए.ने.क.पा.-माओवादी) विजय भएको र सरकारमा जानेहरु नैतिकता बिनाका जनताले तिरस्कृत र पराजित गरेका जनविरोधी र राष्ट्रघाती भएकोले यिनका विरुद्ध निणर्ायक संघर्ष गर्नु पर्ने बताउनु भयो ।
३. यसैमा मगर कलाकारहरुद्वारा प्रकाशित 'मुक्तिको संग्राम' नामक भि.सि.डि.चक्का प्रमुख अतिथि क.राम वहादुर थापा-बादल)द्वारा विमोचन गरियो । भेलामा २० वर्षदेखि ने.क.पा.-एमाले)मा प्रतिबद्ध रहादै आउनु भएको सक्रिय नेता कमरेड केदार राई सहित डेढ दर्जन एमाले-कााग्रैसका नेता तथा कार्यकर्ताले आ-आफ्ना पार्टी परित्याग गरी ए.ने.क.पा.-माओवादी)मा प्रवेश गरेका बताएका छन् ।
४. जेठ १६ गते भेलाको बन्द सत्र गाईघाट स्थित सि.टी.हलमा सम्पन्न भयो । क.संतोष बुढा मगरको अध्यक्षतामा शुरु भएको बन्द सत्र शुरुमैं प्रमुख अतिथि क.राम बहादुर थापा मगर-बादल) र क.लोकेन्द्र बिष्ट मगरले देशभरिबाट आउनु भएका करिब अढाई सय मगर मोर्चाका प्रतिनिधि/पर्यवेक्षकहरुलाई समसामयिक राजनैतिक अवस्था र बदलिएको परिवेशमा जातीय मोर्चा र उत्पीडित जनजाति तथा ममुदायहरुको भूमिकाका साथै यसले विगतदेखि खेल्दै आएको ऐतिहासिक भूमिकाका बारेमा सारगर्भित प्रशिक्षण दिनु भयो ।
५.बन्दसत्रको क्रममा मोर्चाका अध्यक्ष क.संतोष बुढा मगरले तयार पार्नु भएको प्रतिवेदन प्रस्तुत गर्नु भयो । यसपछि देशभरिबाट आउनु भएका मोर्चाका जिम्मेवार कमरेडहरुबाट आ-आफ्ना क्षेत्रका वस्तुगत र आत्मगत अवस्थाबारे रिपोर्टीङ् गर्नु भयो । रिपोर्टीङ् पछि रिपोर्टमा उठेका जिज्ञासा र टिप्पणीहरुको संश्लेषण सहित मोर्चाका प|m्याक्शन इन्चार्ज तथा पि.वि.एम क.सुदर्शनले गहन प्रशिक्षण दिनु भयो ।
६. पूर्व ने.क.पा.-माओवादी) सम्बद्ध मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल र पूर्व ने.क.पा.-एकताकेन्द्र-मसाल) सम्बद्ध मगर मुक्ति संगठनका बारेमा तत्कालीन अध्यक्ष संतोष बुढा र संयोजक नारायण बुर्जाले आ-आफ्ना संगठनका सांगठनिक स्थितिको जानकारी गराउनु भयो । लगत्तै मोर्चा प|m्याक्शन इन्चार्ज क. सुदर्शनले दुवै संगठनको के.स.लाई एकीकृत भएको घोषणा गर्नु भयो ।
७. भेलाले आगामी ६ महिनामा दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गर्नुका साथै त्यसको लागि सम्मेलन आयोजक समितिको लागि क. सुदर्शनले १२३ सदस्यीय प्यानल प्रस्ताव हलमा प्रस्तुत गर्नु भयो । हलले सो प्रस्तावलाई एकमतले पास गर्यो । तत्पश्चात क.संतोष बुढा मगरको संयोजकत्वमा १ सदस्य खाली राखी १२२ जनाको आयोजक समिति पास भई घोषणा गरियो ।
८. भेलाबाट निर्वाचित सम्मेलन आयोजक समितिलाई प|m्याक्शन ईन्चार्ज क. सुदर्शन र सि.सि.एम तथा किराँत राज्य समितिका सह सेक्रेटरी क. हिमालले बधाई ज्ञापन गर्नु भयो ।
९. अन्तमा, भेलाका अध्यक्ष क. संतोष बुढा मगरले सम्पूर्ण अतिथि लगायत भेलाको लागि आर्थिक, भौतिक, नैतिक सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिंदै भेलाको समापन भएको घोषणा गर्नु भयो । समापन पछि गगनभेदी नाराले हल गुंजाएमान भएको थियो ।
क्रान्तिकारी अभिवादन
(..................................)
संतोष बुढा मगर
(संयोजक)
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
|
|