Magar National Liberation Front Nepal, Belgium committee |
मगर राष्ट्रिय मूक्ति मोर्चा बेल्जियमको प्रथम अधिवेशन सम्पन्न ।
12/7/2009 मा मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको निवर्तमान केन्द्रिय अध्यक्ष, मगरात राज्य समिती इन्चार्ज, एकिक्रित नेकपा(माओवादी)का केन्द्रिय सदस्य तथा सभासद क.सन्तोष बुढा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा बिशेष अतिथिद्वोय मगर राष्ट्रिय मूक्ति मोर्चा नेपालको निवर्तमान केन्द्रिय उपाध्यक्ष, एकिक्रित नेकपा(माओवादी)का केन्द्रिय सदस्य तथा सभासद क. ओनसरी घर्ती मगर र वरिस्ठ जनकलाकार,एकिक्रित नेकपा(माओवादी)का केन्द्रिय सल्लहाकार तथा सभासद क. खुशीराम पाख्रिनको उपस्थिति रहेको थियो ।
त्यसैगरि बेल्जियमवासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरु बिच जनताको गीत संगीत लिएर मगर साँस्कृतिक परिवारका इण्चार्ज तथा केन्द्रिय सदस्य क. टेकम बाठा मगर, प्रशिक्षक तथा केन्द्रिय सदस्य क. धनु ज्ञाङमी मगर, केन्द्रिय सदस्य क. सरला पुन मगर, केन्द्रिय सदस्य क.त्रिपना पुन मगर, केन्द्रिय सदस्य क. धन बहादुर रोका मगर र केन्द्रिय सदस्य क. तिर्थराज रोका मगर पनि उपस्थित हुनुहुन्थ्यो । सम्पूर्ण अथितिलाई क्रान्तिका सुमधुर संगीतको धून सँगै मगर भेषमा रहेका मगर मोर्चा बेल्जियमका कोशाध्यक्ष श्रीमती यमुना रोका मगरबाट अबिरको टिका र मोर्चाको युरोप इन्चार्ज बिरमान घर्ती मगर बाट खादाले स्वागत गरिएको थियो । कार्यक्रमको अध्यक्षता कुल बहादुर मगरले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन कल्पना मगरले गर्नु भएको थियो । मगर राष्ट्रिय मुत्क्ती मोर्चा बेल्जियमको तर्फबाट नेत्र बहादुर मगर को स्वागत मन्तब्य सँगै मोर्चाको जनसास्स्कृतिक परिवारका केन्द्रिय टोली को तर्फबाट "नयाँ नेपाल सुन्दर बनाऔ"भन्ने बोलले स्वागत गरिएको थियो । मोर्चाको युरोप इन्चार्ज वीरमान घर्ती मगरले मगर राष्ट्रिय मोर्चा युरोपको आवस्यकताको बारेमा प्रस्ट्याउनु भएको थियो भने शुभकामना मन्तब्यको क्रममा तमु राष्ट्रिय मुक्ती मोर्चाको सम्योजक गम बहादुर गुरुङ ,जन प्रगतिशिल मन्च बेल्जियमको अध्यक्ष बिष्णु भुजेल,जनजाती सरोकार मन्च बेल्जियमको सम्योजक राम बहादुर गुरुङ ,एन आर एन बेल्जियमको अध्यक्ष पेम्बा गेल्बु शेर्पा(पी जि )बिश्वो मगर महसंघको अध्यक्ष मार्के मगर लगायत अन्य संघ संस्थाका अध्यक्षहरुले पनि अब बन्ने नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो। मन्तब्य कै क्रममा अतिथी माननीय सभासद क खुशीराम पाख्रिन, प्रमुख अतिथी क सन्तोष बुढा मगरले निमन्त्रनाको लागि जनप्रगतिशिल मन्च बेल्जियम र मगर राष्ट्रिय मुक्ती मोर्चा बेल्जियमलाई मोर्चाको केन्द्रिय समितिको र पार्टीको तर्फबाट पनि धन्यवाद दिनुभएको थियो। भने महिला अतिथी क ओन्सरी घर्ती मगरले नेपालको बदलिदो परीस्थितीमा महिला र मगर राष्ट्रिय मुक्ती मोर्चाको बारेमा प्रस्ट्याउनु भएको थियो ।भेला आयोजक समितिका सम्योजक कुल बहादुर मगरले प्रतिबेदन पेश गर्दै भेला आयोजक समिति बिगठन गरी नयाँ कमिटिको नाम प्रस्ताब गर्नको लागि मोर्चाको युरोप इन्चार्ज वीरमान घर्ती मगरलाई अनुरोध गरे अनुसार घर्ती मगरबाट नयाँ समितिको नामावली प्रस्ताब गरीयो । नयाँ समितिको नामावलीमा सल्लाहकर समितिमा १ राजकुमार रोका मगर २ बिशाल राना मगर कार्य समितिमा १ अध्यक्ष कुल बहादुर मगर २ उपाध्यक्ष दिल आले मगर ३ सचिब नेत्र बहादुर मगर ४ सहसचिब राम पुन मगर ५ कोशाध्यक्ष यमुना रोका मगर सदस्यहरुमा १ कल्पना मगर २ बिष्णु थापा मगर ३ निशा आले मगर ४ सोनिया पुन मगर ५ श्याम बुढा मगर ६ निमी बुढा मगर ७ सत्मान पुन मगर ८ ललित जुग्जाली मगर ९ राम थापा मगर १० कृष्ण तिलिजा मगर ११ केशर बहादुर पुलामी मगर मोर्चाको पहिलो बैठकले १ महिला थप हुने गरि हाउस बाट जोड्दार तालिले पारीत गर्दै नयाँ कार्य समिती गठन गरिएको थियो । सो नवगठित समितिलाई महिला अतिथी क ओन्सरी घर्ती मगरले शुभकामना तथा बधाइ दिनुभएको थियो ।
अधिबेशनको समापन लगतै मगर सास्कृतिक परिवार केन्द्रिय टोली जसले नेपाली जनताका मुक्ती आन्दोलनमा एक हातमा संगीतिक औजार त अर्को हातमा बन्दुक बोकी नेपाली जनतालाई दासत्वको जन्जिरबाट सदाका लागि मुक्त गर्ने कसम खाँदै ज्यानको आहुती दिन पनि तत्पर ति महान जनकलाकारहरु क खुशीराम पाख्रिन (बरिस्ठ जनकलाकार )क धनु ग्याग्मी मगर ,क सरला पुन मगर, त्रिपना पुन मगर (क अरुणा) ,तिर्थराज रोका मगर(क सिमान्त) र धन बहादुर रोका मगर(क बलिहाङ ) को नयाँ नेपाल सुन्दर बनाऔ बोलको सुम्धुर स्वागत गितबाट सुरु भएको उक्त जनसास्कृतिक कर्यक्रम करिब ५०० जनाको उपस्थितिमा भब्य रुपमा सफल भएको थियो । सास्कृतिक कार्यक्रमको सन्चालन मगर सास्कृतिक परिवारको केन्द्रिय इन्चार्ज क टेकम बाठा मगरले गर्नुभएको थियो भने स्थानिय कलाकारहरुले पनि जनबादी गितमा न्रित्य प्रस्तुत गरेका थिए । युरोपको बिभिन्न देशहरुमा जनकलाकारहरुको भब्य स्वागतको साथ्साथै जनसास्कृतिक कार्यक्रम भब्य रुपले सम्पन्न भएको थियो । उक्त जनसास्कृतिक कार्यक्रम र मगर राष्ट्रिय मुक्ती मोर्चालाई हर्सोल्लास्का साथ बिभिन्न संघ सस्था र ब्यक्तिगत तवरले निम्न बमोजीम आर्थिक सहयोग गरेका थिए ।
सोनिया पुन मगर १२०० युरो
बिरमान घर्ती मगर + निसा आले मगर १३५५ "
बिक्रम बुढा मगर ५०५ "
नेत्र बहादुर मगर ५०० "
कुल बहादुर मगर+ कल्पना मगर ५०० "
यमुना रोक मगर +राजकुमार रोका मगर ५०० "
दिल आले मगर+ सिता आले मगर ५०० "
बिशाल राना मगर ३०० "
कृष्ण तिलिजा मगर ३०० "
राम थापा मगर ३०० "
गंगा राना मगर २५० "
निमी बुढा मगर २०० "
सतमान पुन मगर २०० "
अर्जुन तिवारी + राधिका तिवारी १५१ "
मेखराज अधिकारी १५० "
मार्के मगर १५० "
दल बहादुर शाही १५० "
राम पुन मगर ११० "
बदन योङ्हाङ १०५ "
डिल्ली सुब्बा १०५ "
कमला सुबेदी + रामचन्द्र सुबेदी १०२ "
शालीकराम सापकोटा १०१ "
सुरेश महत दुर्गा बस्नेत १०१ "
सुरेन्द्र भुशाल १०१ "
पेम्बा गेल्बु शेर्पा १०० "
अर्जुन श्रेष्ठ १०० "
रामहरी रायमाझी १०० "
धनराज मगर १०० "
श्याम बुढा मगर १०० "
बिष्णु थापा मगर १०० "
कुमार राना मगर १०० "
चिज कुमार श्रेष्ठ (उमी सुशी बार) १०० "
बिष्णु भुजेल १०० "
पेम्बा दोर्जी शेर्पा १०० "
ददीराज घिमिरे १०० "
दुर्गा सुबेदी +निर्मला सुबेदी ७० "
केशब चापागाई ६० "
कमल भारती ५५ "
सुर्य गुरुङ ५० "
मख्खन नेपाली ५०"
हरीकुमार पाठक ५० "
बिष्णु गुरु ५० "
माकुना राइ ५० "
आशा तामाङ ५० "
साजन पुन + कमला पुन ५० "
कृष्ण बि क ५० "
टि एन सापकोटा ५० "
श्याम श्रेष्ठ ५० "
लोक दाहाल ५० "
शोभा गजुरेल ५० "
टेक घर्ती मगर ५०"
लोक राना मगर ५० "
प्रशान्त श्रेष्ठ ४० "
सचिन पुन मगर ४० "
जित गुरुङ ६० "
शंकर बजगाइ +
निर्मला बजगाइ २५ "
कृष्ण पौडेल २५ "
दवाडी २५ "
एती हाउस २० "
दिर्घ शर्मा २० "
गणेश घिमिरे २० "
लक्ष्मी गुरुङ २० "
त्रिलोचन आचार्य १५ "
राजु के सि १० "
धनेस्वर तिवारी १० "
जितु कार्की १० "
अनुजा प्रधान १० "
संस्थाहरु :
बिस्वो मगर महासंघ ४९५ "
तमु राष्ट्रिय मुक्ती मोर्चा - ७५० " मध्य
गम बहादुर गुरुङ २०० "
मनिष गुरुङ १०० "
भिम बहादुर गुरुङ १०० "
होम बहादुर गुरुङ ५० "
ओम गुरुङ ५० "
सुर्य गुरुङ २५० "
युरो शेर्पा समाज १०० "
अन्तरराष्ट्रियताबादी नेपाली ऐक्यबद्दता मन्च,
संयुक्त नेपाली मोर्चा र हिमालयन समाज म्युनिक ११०० युरो
नेपाली प्रगतिशिल शान्ति समाज भिएना ६५० "
संयुक्त नेपाली मोर्चा तथा अन्तरराष्ट्रियताबादी नेपाली ऐक्यबद्दता मन्च
फ्रन्क्फोर्ट र गेल्सेन्क्रिचेन्मा क्रमश ५६५ र ९०० युरो तेस्तैगरी
नेपाली ऐक्यबद्दता मन्च स्विजेर्ल्यान्ड बाट २८०० स्विचफ्रन्क
अन्तमा आर्थिक सहयोग लगायत बिभिन्न तवरले सहयोग गर्नुहुने संघ सस्था अनी सम्पूर्ण महानुभाबहरुलाई मगर राष्ट्रिय मुत्क्ती मोर्चा बेल्जियम शाखाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछ।