Magar National Liberation Front Nepal, Belgium committee |
माननिय सभासदहरु तथा मगर साँस्कृतिक परिवारको बिदाइ
मगर राष्ट्रिय मुक्ती मोर्चा बेल्जियमको प्रथम अधिवेशनको ऐतिहसिक समारोहको प्रमुख अतिथी मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संयोजक तथा एकिक्रित नेकपा माओवदी केन्द्रिय सदस्य माननीय क. संतोष बुढा मगर लगायत वरिष्ठ जनकलाकार तथा एकिक्रित नेकपा माओवदी केन्द्रिय सल्लाहाकार माननीय क.खुशीराम पाखि्रन, मोर्चाकी पूर्व उपाध्यक्ष तथा एकिक्रित नेकपा माओवदी केन्द्रिय सदस्य माननीय क.ओनसरी घर्ति मगर, कलाकार परिवारका राजनैतिक कमिसार क. टेकम बाँठा मगर, प्रशिक्षक क.धनु ज्ञ्याङ्मी मगर, कलाकारहरु क.धन बहादुर रोका मगर, क.तिर्थ राज रोका मगर, क.सरला पुन मगर र क.तिर्पना पुन मगरलाई मोर्चाको प्रवास साखा बेल्जियमले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरियो । उक्त कार्यक्रममा तमुवान राष्ट्रिय मूक्ति बेल्जियमको संयोजक गम बहादुर गुरुङ ,परिवारको कमिसार टेकम बाठा मगर, नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको अध्यक्ष बिष्णु भुजेल माननीय क.खुशीराम पाखि्रन माननीय क.ओनसरी घर्ति मगर, र माननीय क. संतोष बुढा मगरले २७ दिने यूरोप भ्रमणको क्रममा बटुलेको सबै सकारात्मक अनुभुतिहरुलाई नेपाली जनता र राजनैतीक पार्टीहरुले अनुसरण गर्नुपर्नेमा जोड दिदै बिदाइ मन्तब्य राख्नु भएको थियो। सोहीक्रममा माननीय बुढा मगरले अधिवेशन आयोजक मगर मोर्चा बेल्जियम र बिशेष सहयोगी संगठन नेपाली जन प्रगतीशिल मन्च बेल्जियमलाई धन्यवाद दिनुभएको थियो ।साथै उहाहरुलाई मोर्चाको तर्फबाट मोर्चाको यूरोप इन्चार्ज बिरमान घर्ती मगरले मोर्चाको केन्द्रिय सम्योजक माननीय क . सन्तोष बुढा मगर लाई २००० यूरो र मोर्चाको कोसाध्यक्ष यमुना रोक मगरले १३० यूरो क धन बहादुर रोका मगरलाई हस्तान्तरण गर्नुभयो । तेस्तै गरी मोर्चाकी सदस्य सोनिया पुन मगर बाट ७०० यूरो मगर सास्कृतिक परिवार केन्द्रिय टोलिको लागि क टेकम बाठा मगर लाई हस्तान्तरण गर्नुभयो उहाहरु बेल्जियम लगायत जर्मनी,फ्रान्स,अस्ट्रिया,स्वुइजर्ल्यान्ड नेदरल्यान्ड, र लक्स्जम्बर्गको राजनैतीक, आन्तरिक र तलिका अनुरुप कार्यक्रम तथा भ्रमण पस्चात अगस्त ७ का बिहान स्वदेश फर्किनुभयो ।
क बुढा मगरले १० वर्षको महान जनयूद्ध र १९ दिने जन आन्दोलन मार्फत समान्ती राजतन्त्रको अन्त्य गर्दै संघिय लोक्तान्त्रिक गणतन्त्रको स्थापना गर्न यथास्थितीवादी चिन्तनबाट परिवर्तन एवम क्रान्तितर्फ नेपाली जनतालाई रुपान्तरण गर्न सक्ने बिचारको गीत संगीतलाई पूँजीवादी मुलुकहरुमा छरिएर रहेको नेपाली तथा बेदेशी जनताहरुविच प्रदर्शन गर्न पांऊदा नेपाली जनवादी सांस्कृतिक आन्दोलनको एक टुकडी मगर साँस्कृतिक परिवारको कलाकारहरुले खुशी व्यक्त गरेको र यि कार्यक्रम र उपलब्धिहरु नेपाली क्रान्तिको ऐतिहासिक दस्तावेजहरु बनेर बस्ने विश्वास अफुले लिएको बताउनु भयो ।
मगर राष्ट्रिय मूक्ति मोर्चा बेल्जियमको आयोजना र मगर साँस्कृतिक परिवारको प्रस्तुति तथा नेपाली जन प्रगतिशिल मन्चको बिशेष सहयोगमा बेल्जियममा १२ जुलाईको अन्त्रोपेनको मोर्चाको अधिवेशन शहित जुलाई १८ को लुभेनको र २८ जुलाईको ब्रुगेको जनसाँस्कृतिक कार्यक्रम अत्यन्त सफल भयो। उक्त कार्यक्रमहरुमा दर्शक महानुभावहरुले खरिद गर्नुभएको टिकट बाहेक कलाकारहरुको हावाइ यात्रा र यूरोपयात्रा खर्च स्वरुप ९५०० यूरो नेपाली १० लाख रुपैया बराबरको बिशेष सहयोग प्राप्त भएको थियो। वरिस्ठ जन कलाकार माननीय क. खुशीराम पाख्रिन तथा मगर साँस्कृतिक परिवारको कला र कलामा भएको बिचारको लागि बेल्जियमवासी नेपालीहरुले १० यूरो देखी 1200 यूरो सम्म आर्थिक सहयोग गर्नु भएको थियो ।
त्यसै गरी जुलाई २५ - जर्मनी, म्युनिखमा अन्तरराष्ट्रियतावादी नेपाली ऐक्यबद्धता मन्च, संयुक्त नेपाली मोर्चा र हिमालयन समाजको संयुक्त आयोजनामा , जुलाई २६ - अष्ट्रिया, भियनामा नेपाली प्रगतिशिल शान्ती समाज अस्ट्रियाको आयोजनामा, अगष्ट १ - जर्मनी, फ्य्राङफर्टमा संयूक्त नेपाली मोर्चा तथा अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मन्चको आयोजनामा , अगष्ट २ - स्वीट्जरल्याण्ड, जुरिकमा नेपाली ऐक्यवद्धता मन्च स्विट्जर्ल्यान्डको आयोजनामा र जर्मनिको गेल्सन क्रिचेनमा जनसाँस्कृतिक कार्यक्रम साथमा क बुढा मगर, क घर्ती मगर र क पाख्रिनले मन्तव्यहरु राख्नु भएको थियो ।
उहाहरुले यूरोप वसाइको क्रममा बेल्जियम लगायत अन्य मुलुकहरुमा उत्पादन तथा बिकासका प्रविधी जन स्वास्थ्य तथा शिक्षा र जनसेवा सम्बन्धी जानकारी लिनुको साथै अवोलोकन पनि गर्नुभयो। साथै बेल्जियम स्थित वोर्कर्स पार्टीको नेत्रित्वोसँग दुई देशको वर्तमान अवस्था तथा अन्य विविध विसयमा छलफल गर्नुभयो । उक्त छलफलमा वोर्कर्स पार्टी बेल्जियमको तर्फबाट अब हुन गैरहेको विस्व क्म्युनिस्ट सम्मेलन्को लागि एकिक्रित नेकपा माओवादीलाई मौखिक निमन्त्रणा गरेको थियो । स्विजेर्ल्यान्ड र कुर्दिस कम्युनिस्ट पार्टीसँग पनि यिनै बिषयमा छलफल भएको थियो । जेर्मनीको टेएर शहर स्थित विस्व सर्वहारा नायक क कार्ल मार्क्स को जन्मस्थान तथा बेल्जियमको ब्रसेल्स शहरमा विस्व कम्युनिस्ट पार्टी घोषणा भएको ,भूमिगत अवस्थामा बसेको होटेल,ओहालाई रखिएको प्रहरी चौकीको स्थलगत भ्रमण पनि गर्नु भएको थियो।