
२। महान् जनयुद्धको जग र संयोजनमा भएको ऐतिहासिक जनआन्दोलन २०६२।६३को लक्ष्य एवं निर्देशअनुसार संविधानसभाबाट नेपाली जनताको आमूल परिवर्तनको आकांक्षालाई संस्थागत गर्ने जनताको संघीय गणतन्त्रात्मक नयाँ संविधान निमार्ण र जनमुक्ति सेनाको वैज्ञानिक समायोजन सहित समग्र शान्तिप्रकि्रयालाई सफल पार्नु आजको ऐतिहासिक कार्यभार हो । तर विदेशी हस्तक्षेप र देश भित्रका यथास्थितिवादी एवं राष्ट्रिय आत्मसमर्पणवादी शक्तिहरुका कारण लामो समयदेखि राजनैतिक गत्यावरोधको स्थिति विद्यमान छ । यथार्थमा देशीविदेशी प्रतिकि्रयावादी शक्तिहरु धर्मनिरपेक्षता संघीयता गणतन्त्र जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धीहरु र शान्ति तथा संविधान निर्माण प्रकि्रयाका विरुद्ध सुनियोजित रुपमा प्रतिक्रान्तिकारी षड्यन्त्र अगाडि बढाइरहका छन् । यस स्थितिमा हाम्रो पार्टी एकीकृत नेकपा माओवादी देशलाई पुनः एक पटक मुठभेड र गृहयुद्धमा धकेल्न उद्द प्रतिक्रान्तिकारी शक्तिहरु एवम् षडयन्त्रका विरुद्ध एकजुट भई शान्ति एवं संविधान निर्माण प्रकि्रयालाई देश र जनताको पक्षमा सफल पार्न सम्पूर्ण वामपन्थी देशभक्त तथा सच्चा गणतन्त्रवादी शक्तिहरु एवं आमजनसमुदायलाई गम्भीर अपील गर्दछ ।
त्यसका लागि विदेशी हस्तक्षेपलाई अस्विकार गर्दै नेपाली जनतामा निहित सार्वभौमसत्ता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रयोग गर्दै नेपालको समास्या हामी नेपालीहरुले समाधान गर्ने दृढता जनआन्दोलनको लक्ष्यप्रति एक रुप समझदारीसहितको प्रतिवद्धता र सहमतीय प्रणालीलाई व्यवहारिक रुपमै आत्मसात गर्न हाम्रो पार्टी सम्बन्धित सबैसँग मुख्यतः प्रमुख राजनैतिक पार्टीहरुसँग अनुरोध गर्दछ ।
३। हाम्रो पार्टी एकीकृत नेकपा माओवादीले भारतीय शाषकवर्गको लामो समयदेखिको उत्पीडन अतिक्रमण र हस्तक्षेप विरुद्ध नेपालको राष्ट्रिय सार्वभैमिकता भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा देशभक्तिपूर्ण आन्दोलनको अगुवाई गर्दै आइरहेको तथ्य सुविद्धितै छ । यसैक्रमममा भारतीय सत्ताले नेपालको शान्ति संविधान र सरकार निर्माणको प्रकि्रयामा समेत नांगो हस्तक्षेत गरेपछि हाम्रो पार्टिले त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्षलाई अझ तीब्र रुपमा अगाडि बढायो । यस पृष्ठभूमीमा भारत सरकारको तर्फबाट केही समय यता हाम्रो पार्टीलाई लस्कर ए तोइवा सँग जोड्दै भारतीय माओवादीहरुलाई सैनिक तालिम दिएको जस्ता शतप्रतिशत झुठा प्रचारको अभियान चलाइएको छ । यो दुष्प्रचार आफ्नो हस्तक्षेपलाई पराकाष्ठामा पुर्याउने आधार तयार पार्नका लागि भारतीय सरकारद्धारा गरिएको सुनियोजिन षडयन्त्र बाहेक अरु केही होइन भन्ने कुरा स्पष्ट छ । हाम्रो पार्टी यस प्रकारको दुश्प्रचार र षड्यन्त्रप्रति तीब्र आपत्ति प्रकट गर्दै घोर भत्स्रना गर्दछ । यस्तो कार्य बन्द गर्न भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ । साथै हाम्रो पार्टी यस प्रकारको निराधार दुष्प्रचारको भ्रममा नपर्न मुख्यतः भारतीय जनता र सबै अन्तराष्ट्रिय समुदायलाई अपील गर्दछ । यस स्थितिमा हाम्रो पार्टी विषय वस्तुको संबेदशीलताप्रति ध्यान िदंदै सम्पूर्ण देशभक्ति शक्तिलाई राष्ट्रिय स्वाधीनताको पक्षमा एक जुट हुन विशष आह्वान गर्दछ ।
४। हाम्रो पार्टी भारतद्धारा लादिएका सन १९५० लगायतका असमान सन्धी सम्झौताहरु खारेज गर्न सीमा अतिक्रमण बन्द गर्न नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता गर्न र नेपालको अन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न जोडदार माग गर्दछ ।
५। नेपालको सन्दर्भमा राष्ट्रिय स्वाधीनता जनवाद वा जनताको गणतन्त्रको विषय एक अर्कासँग अभिन्न रुपमा जोडिएका छन् । जनताको संघीय गणतन्त्र यतिबेला शान्ति र सविधान निमाण प्रकि्रयासँग जोडिएका छ । तर बाह्य विस्तारवादी शक्ति र तीनको निर्देशन एवं आडमा चल्ने देशभित्रका यथास्थितिवादी तथा राष्ट्रिय आत्मसमर्पणवादी शक्तिहरु शान्ति संविधान र त्यसका लागि आवश्यक राष्ट्रिय सहमति विरुद्धमा लागिरहेका छन् । तसर्थ हाम्रो पार्टी राष्ट्यि स्वाधीनता धर्म निरपेक्षता संघीयता गणतन्त्र र सामाजिक न्यायका साथै शान्ति संविधान र राष्ट्रिय सहमतिका पक्षधर सम्पूर्ण वामपन्थी देशभक्त गणतन्त्रवादी एवम् परिवर्तनकामी शक्तिहरुलाई व्यापक संयुक्त मोर्चा निर्माणको दिशामा तिव्रतापूर्वक अघि बढ्न अह्वान गर्दछ । त्यस्तो व्यापक संयुक्त मोर्चामा आधारित सशक्त जनदवाब एवम् संघर्षले मात्र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै शान्तिप्रकि्रयालाई सफल पार्ने र जनताको संविधान निर्माण गर्ने ऐतिहासिक कार्यभारलाई पूरा गर्न सकिन्छ भन्ने तथ्यलाई गम्भीरतापूर्वक ह्दयगम् गर्न हाम्रो पार्टी समयमै सबैको ध्यानाकर्षण गर्न चाहन्छ ।
६। हाम्रो पार्टीले शान्ति स्थापना संविधान निर्माण सरकार गठन वा सत्ता साझेदारीका विषयहरुमा समग्रतामा छलफल गरी समाधान गर्न नेपाली कांग्रेस र नेकपा एमालेसहितको तीन पार्टीको उच्चस्तरीय बैठकमा लगातार पहल र प्रयत्न गर्दै आएको छ । तर हाम्रो पार्टीलाई अरु पार्टीहरु राष्ट्रिय सहमतिका आधारमा तात्कालिक राजनीतिक गतिरोधलाई अन्त्यगरी संकटलाई निकाश दिन अपेक्षित मात्रामा गम्भीर र इमान्दार नभएको दुःखद् स्थितिको महसुस भएको छ । सेना समायोजन तथा पुनस्रथापनाको समयबद्ध कार्यतालिकामा सहमति जनाउने तर व्यवहारमा त्यस अनुसार अघि बढ्न सहमत नहुने र काम चलाउ सरकारले काम चलाऊ बजेट ल्याउने सहमतिलाई उल्लंघन गर्दै अध्यायदेश मार्फत् पूर्ण बजेट ल्याउने असंवैधानिक अलोकतान्त्रिक अनैतिक एवम् सहमति विरोधी जोरजबर्जस्ती युक्त कार्यले उनीहरुको नीयत र इमान्दारितामाथि झन् गम्भीर शंका उत्पन्न गराएको छ । हाम्रो पार्टी अध्यायदेशमार्फत् पूर्ण बजेट ल्याउने सरकारको गलत कि्रयाकलापको भत्स्रना गर्दछ यसले सहमतिको प्रयासमा पैदा गरेको नयाँ समस्या प्रति खेद् व्यक्त गर्दछ । तथापी हामी राष्ट्रिय सहमतिको दिशामा अघि बढ्ने हाम्रो प्रतिबद्धतालाई दोहोर्याउदै त्यसलाई सार्थक निस्कर्षमा पुर्याउने गरी उच्चस्तरीय बैठक र छलफललाई अघि बढाउन अन्य पार्टीहरु मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेलाई आव्हान गर्दछ ।
७। प्रधानमन्त्रीको निर्वाचन सत्रौं पटक भइसक्दा पनि देशले प्रधानमन्त्री पाउन सकेको छैन हाम्रो पार्टीले केही समय अघि देखिनै यो निरर्थक र प्रयोजनहीन निर्वाचन प्रकि्रयालाई अन्त्य गरेर नयाँ शीराबाट प्रधानमन्त्री चयन गर्न सम्माननीय सभामुख एवम् राजनीतिक पार्टीहरु समक्ष गम्भीर अनुरोध गर्दै आएको र संविधान सभा व्यवस्थापिका संसद्मा नियमावली संशोधनको प्रस्तावसमेत दर्ता गराएको कुरा सर्वविदितै छ । यसै सन्दर्भमा सर्वोच्च अदालतले समेत यो निर्वाचनलाई निरर्थक एवम् प्रयोजनहीन भन्दै यसलाई अन्त्य गरेर देशले प्रधानमन्त्री पाउने प्रकि्रयाको निम्ति उपयुक्त पहल र कदम चाल्न सम्माननीय सभामुख र व्यवस्थापिका संसद्लाई ध्यानाकर्षण गराएको छ । हाम्रो पार्टी तत्काल यो निरर्थक निर्वाचन प्रकि्रयाको अन्त्य गर्न नियमावली संशोधनसहति नयाँ प्रकि्रयामा अघि बढ्न व्यवस्थापिका संसद्को बैठक तुरुन्त बोलाउन र राष्ट्रिय संयुक्त सरकार अविलम्ब गठन गर्न सम्बन्धित सबैलाई गम्भीर आव्हान गर्दछ ।
८। यतिबेला जनताको जनजिवीकाको समस्या अत्यन्त गम्भीर एवम् संवेदनशील बनेको छ । महंगी भ्रष्टाचार तस्करी कालोबजारी बेरोजगारीको साथै नागरिकको जीउधनको असुरक्षा दण्डहीनता अराजकता अपहरण हत्या विशेषत मधेशमा भइरहेको श्रृंखलाबद्ध हत्या एवम् बलात्कारका घटनाहरुले समाज र जनजीवन आक्रान्त छ । हाम्रो पार्टी यस प्रकारका स्थितिको अन्त्य गरी जनतालाई सुरक्षा र राहत प्रदान गर्न संबन्धितहरुसँग जोडदार माग गर्दछ ।
९। हाम्रो पार्टी अन्मिनले आफुलाई दिइएको कार्यादेश अनुसार निर्वाह गरेको भूमिकालाई सकारात्मक ठहर गर्दै त्यसको हार्दिक स्रहाना गर्दछ । एकीकृत नेकपामाओवादी नेपालको शान्ति प्रकि्रयालाई सफल पार्ने सम्बन्धमा संयुक्त राष्टसंघ अन्मिन लगायत सबै अन्तराष्ट्रिय मित्रहरुबाट गतकालमा झै निरन्तर सकारात्मक एवम् सहयोगी भूमिकाको लागि अनुरोध गर्दछ ।
१०। नेपाल जलश्रोतको धनी देश हो जलश्रोतको बहुआयामिक उपयोग नेपालको विकासको आधार हो । यो नेपालको अकुण्ठित श्रोत हो । तर विगतदेखिका जलश्रोत उपयोगमा भए गरेका कयौं असमान सम्झौताले नेपालका प्राकृतिक श्रोत र राष्ट्रिय सार्वभौमिकतामा समेत आँच आउने काम भएको छ । देशलाई औद्योगिक करण गर्ने शिक्षा स्वास्थ्य पर्यटन यातायात आमोदप्रमोद िसंचाई सरसफाई खानेपानी र घरेलु प्रयोग आदिमा उर्जा र पानीको प्रयोगका लागि पूर्वाधारको निर्माण गरी राष्ट्रिय प्रयोजनको प्राथमिकतामा विद्युत उत्पादन तथा पानीको उपयोग गर्न विद्युत उत्पादन नीति बन्नु पर्दछ र राष्ट्रिय हीत विरुद्धका सबै सम्झौताहरु खारेज गरी नयाँ ढंगले जल उपयोगका नीति बन्नु पर्दछ ।
११। एकीकृत नेकपामाओवादी इराक तथा अफगानिस्थान लगायत दुनियाका विभिन्न भागहरुमा विभिन्न रुपबाट भइरहेका साम्राज्यवादी आक्रमण र हस्तक्षेपका घटनाको तीव्र भत्स्रना गर्दछ । ती देशहरुका साथै विश्वमा चलिरहेका तमाम् न्यायपूर्ण संघर्षहरुप्रति दृढ ऐक्यबद्धताका साथ सर्मथन गर्दछ ।
१२। भारतमा ग्रीनहन्ट अपरेशनका नाममा भारतीय जनतामाथि भइरहेको दमनको हामी भत्स्रना गर्दछौं र शान्ति पूर्ण ढंगले समस्याको समाधान गर्न आग्रह गर्दछौं । यस सन्दर्भमा वार्ताका निम्ति भाकपामाओवादी को तर्फबाट प्रतिनिधित्व गर्ने भाकपामाओवादीका बरिष्ट नेता कमरेड आजादको अनैतिक एवम् कायरतापूर्ण ढंगले गरिएको हत्याको हाम्रो पार्टी घोर भत्स्रना गर्दछ र उहाँप्रति भावपूर्ण श्रद्धााजली अर्पण गर्दछ ।
१३। जनयुद्धकालमा लगाइएका मुद्दाहरुलाई खारेज गर्ने सम्झौताका विपरित केही समययता त्यस बेलाका मुद्दाहरु व्यूँताउने हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने एवम् जेल हाल्ने थप झुटा मुद्दाहरु लगाउने कामलाई तीव्र रुपमा अघि बढाइएको छ । हाम्रो पार्टी यस प्रकारको कार्य तत्काल बन्द गर्न जनयुद्ध कालका मुद्दाहरु लगायत सबै झुटा मुद्दाहरु खारेज गर्न जोडदार माग गर्दछ । अन्यथा त्यसका विरुद्ध कडा प्रतिबाद गरिने चेतावनी दिन्छ ।
१४। हाम्रो पार्टी सम्पूर्ण वेपत्ता नागरिकहरुको स्थिति तत्काल सार्वजनिक गरियोस् भनी जोडदार माग गर्दछ ।
मितिः २०६७ मंसीर ११ ।
