माओवादीद्वारा नयाँ संविधानको मस्यौदा सार्वजनिक
१२ स्वायत्त प्रदेश; राष्ट्रपति राष्ट्राध्यक्ष , सरकारप्रमुख , नेपाली सेनाको प्रमुख ; प्रत्येक १८ वर्ष नाघेका नागरिकले अनिवार्य सैनिक तालिम
काठमाडौं, १५ जेठ । अन्य दलहरु नयाँ संविधान बनाउन जिम्मेवार नभएका कारण बेलैमा नयाँ संविधान बन्न नसकेकोको सन्दर्भमा एकीकृत नेकपा माओवादीले आफ्नो दलले तयार गरेको संविधानको मस्यौदा आज देशैभरी सार्वजनिक गरेको छ । काठमाडौंको खुल्लामन्चमा आयोजित जनसभामा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले जनताको संघीय गणतन्त्र नेपालको संविधान, २०६७ नाम दिईएको प्रस्तावित एकीकृत मस्यौदा सार्वजनिक गरेको हो । यस अघि भएका विभिन्न छलफल र हालै सम्पन्न केन्द्रीय समितिको वैठकमा भएको छलफल अनुसार अन्तिम रुप दिईएको नयाा संविधानको मस्यौदामा १९ भाग रहेका छन् ।
संघीय गणतन्त्र नेपाललाई बाह्र स्वायत्त प्रदेशमा विभाजन गरिएको संविधानको मस्यौदामा संघीय नेपालको मुल संरचना संघ, प्रदेश तथा स्थानीय गरी तीन तहको हुने उल्लेख गरिएको छ । त्यस्तै नेपालको एकात्मक राज्यको स्वरूपलाई पुनर्संरचना गरी जाति, भाषा,र क्षेत्रको आधारमा पुन संरचना गर्ने मस्यैदामा उल्लेख गरिएको छ । मस्यौदामा देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनवाट निर्वाचित राष्ट्रपति हुने व्यवस्थामा माओवादीले तयार गरेको मस्यौदामा छ । \\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\'राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष , सरकारप्रमुख , नेपाली सेनाको परमाधिपति नेपालको राष्ट्रियता एवं नेपाली जनताको एकताको प्रतीक हुनेछन्\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\\' मस्यौदामा भनिएको छ ।
त्यस्तै राष्ट्रपति आˆनो कर्तव्यपालनको सिलसिलामा नेपाल, नेपाली जनता र संघीय व्यवस्थापिकाप्रति उत्तरदायी हुनेछन् भनिएको छ । प्रस्तावित मस्यौदामा देशले चाहेका वखत नागरिकले अनिवार्य सेवा गर्नु, सो कालागि प्रत्येक १८ वर्ष नाघेका स्वस्थ नागरिकले राष्ट्रको रक्षाकालागि अनिवार्य सैनिक तालिम गर्नु पर्ने उल्लेख गरिएको छ । त्यस्तै वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक र क्षेत्रीय विविधतायुक्त संघीय संरचना झल्काउने गरी नेपालको राष्ट्रिय झण्डा निर्माण गरिनेछ मस्यौदामा भनिएको छ ।
आदिवासी-जनजाती र मधेसी लगायतका उत्पीडित जाति र क्षेत्रहरुलाई उत्पीडनका विरुद्ध कदम चाल्न राजनीतिक आत्मनिर्णयको अधिकार दिईने छ । यी विषयहरूमा कानून बनाई निश्चित गरिने मस्यौदामा उल्लेख गरिएको छ । एक सदनात्मक व्यवस्थापिकाको अवधारणा अघि सारिएको मस्यौदामा सर्वोच्च अंगका रूपमा जनताको संघीय गणतन्त्रमा आधारित एक सदनात्मक व्यवस्थापिका रहने र जनप्रतिनिधिसभाहरू केन्द्रमा संघीय जनप्रतिनिधिसभा, प्रदेशमा प्रादेशिक जनप्रनिधिसभा र स्थानीय रूपमा नगर/गाउँ जनपरिषद् गरी तीन तह रहनेछन् भनिएको छ ।
मगर राष्ट्रिय मोर्चा, नेपाल केन्द्रीय समिति केन्द्रीय कार्यालयको बैठक सम्पन्न
काठमाडौं जेठ ६ । मगर मोर्चाको केन्द्रीय कार्यालयको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले केन्द्रीय पदाधिकारीहरुको कार्य विभाजन गर्दै सातवटा केन्द्रीय विभागहरुको गठन गरेको छ । बैठकको निर्णय अनुसार विदेश विभागमा वरिष्ठ उपाध्यक्ष ओनसरी घर्तिमगर, प्रशिक्षण तथा स्कुलिङ् विभागमा उपाध्यक्ष बसन्त घर्तिमगर, आर्थिक विभागमा लाल बहादुर सुस्लिङ् मगर, भाषा तथा संस्कृति विभागमा दिपक चर्ति मगर्, इतिहास तथा अनुसंधान विभागमा उपाध्यक्ष शुभ गुर्मछान मगर, संगठन विभागमा महासचिव शरुण बाँठा मगर र प्रकाशन विभागमा सचिव बालकृष्ण काउछामगर प्रमुख रहने व्यवस्था गरियो ।
यसैगरी तीनजना सचिवहरु मध्ये दुर्लभ कुमार पुन मगरले अन्तर्राष्ट्रिय तथा बाह्य सम्बन्ध, गम बहादुर श्रीस मगरले संगठनात्मक सम्बन्ध र बालकृष्ण काउछामगरले कार्यालयको दैनिक कार्यभार हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरियो । अध्यक्ष क.सन्तोष बुढा मगरको अध्यक्षतामा बसेको सो बैठकमा ए.ने.क.पा.(माओवादी)का पोलिट व्युरो सदस्य, मगराँत राज्य समितिका इन्चार्ज तथा मोर्चाका फ्य्राक्शन इन्चार्ज क.सुदर्शन प्रमुख अतिथि हुनुहुन्थ्यो ।
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनका तस्विरहरू

अध्यक्षकाे सम्बाेधन

बन्दसत्र

घोषणा सभा
प्रेस विज्ञप्ति
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको दोस्रो राष्ट्रिय सम्मेलन यहि फागुन १५ देखि १७ सम्म स्याङ्गजामा सम्पन्न भयो र तनहुाको दमौलीमा घोषणा सभा गरी समापन भयो । सो सम्मेलनले ऐतिहा�%@�������8@��0�� महत्वका निर्णयहरू गर्दै क. सन्तोष बुढा मगरको अध्यक्षतामा ८७ सदस्सीय नयाा केन्द्रीय समिति चयन गरेको छ । सम्मेलन लगतै बसेको केन्द्रीय समितिको पहिलो र दोस्रो बैठकद्वारा लिईएका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो प्रेस विज्ञिप्त जारी गरिएको छ ।
१. मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलन सहिदहरूप्रति १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरेपछि २० औं हजार जनताका बीच यहि फागुन १५ गते मगर दिवस तथा सहिद सप्ताहको अवसरमा स्याङ्गजाको वालिङ्ग खेल मैदानमा प्रमुख अतिथि एकीकृत ने.क.पा.-माओवादी)का अध्यक्ष क. प्रचण्डबाट पानसमा बत्ती बालेर उद्घाटन भयो ।
२. सम्मेलनको उद्घाटन कार्यक्रम आयोजक समितिका संयोजक क.सन्तोष बुढा मगरको अध्यक्षता, सचिवालय सदस्य शरुण बााठामगरको सञ्चालन र नारायण बुर्जामगरको स्वागत मन्तव्यपछि प्रमुख अतिथि क. प्रचण्डलगायत आमन्त्रित पार्टीका नेता, विभिन्न ज.ब.स.,मोर्चाबाट पाल्नु भएका अतिथिहरूले शुभकामना दिनु भयो ।
३. कार्यक्रममा सहिद सप्ताहको अवसरमा जनयुद्धमा शहादत प्राप्त गर्ने सहिदहरुका परिवारजनलाई मगराात-तमुवान कमान व्यूरो ईञ्चार्ज क.टोपबहादुर रायमाझीले दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो ।
४. उद्घाटन समारोहपछि १६ र १७ मा वालिङ् स्थित सिटीहलमा भएको बन्दसत्रले सन्तोष बुढा मगरद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र शरुण बााठा मगरद्वारा प्रस्तुत संशोधित विधानमाथि व्यापक छलफल गरी आवश्यक परिमार्जनसहित पास गर्यो ।
५. बन्दसत्रले ८७ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको छ । लगतै जेष्ठ सदस्य क.रामबहादुर राना मगरको अध्यक्षतामा बसेको केन्द्रीय समितिको प्रथम बैठकले क.सन्तोष बुढा मगरलाई अध्यक्षमा, क.ओनसरी घर्तिमगर, क.बसन्त घर्तिमगर, क.लाल बहादुर सुस्लिङ् मगर, क.नारायण बुर्जामगर, क.दिपक चर्तिमगर र क.शुभ गुर्माछानमगर गरी छ जना उपाध्यक्षमा, क.शरुण बााठामगरलाई महासचिवमा, क.दुर्लभ कुमार पुनमगर, क.गमबहादुर श्रीसमगर र क. बालकृष्ण काउछा मगरलाई सचिवमा र क.गणेश सलामीमगरलाई कोषाध्यक्षमा सर्वसम्मतबाट चयन गरिएको छ ।
६. यसको घोषणासभा तनहुाको दमौलीमा सम्पन्न भयो । प्रमुख अतिथि एकीकृत ने.क.पा.- माओवादी)का महासचिव क. रामबहादुर थापा 'बादल'ले १२ जना पदाधिकारीसहित ८७ जना केन्द्रीय समितिको नामावली घोषणा गर्नुभयो ।
७. घोषणा सभामा दशौं हजार जनसमुदायको उपस्थितिमा प्रमुख अतिथि क.रामबहादुर थापा 'बादल', अतिथिहरू स्थायी समिति सदस्य क. बर्षमान पुन 'अनन्त', तमुवान राज्य ईञ्चार्ज क.हितराज पाण्डे 'उत्तम', जनजाति आन्दोलनका नेता तथा तनहुा १ बाट निर्वाचित क. सुरेश आलेमगर तथा तनहुाका महिला सभासद् साबित्री दुराले नव निर्वाचित के.स.लाई आफ्ना गहन मन्तव्यहरू सहित बधाई दिनुभयो ।
८. यसको लगत्तै नव निर्वाचित अध्यक्ष क.सन्तोष बुढा मगरको अध्यक्षतामा दमौलीमा बसेको के.स.को दोस्रो बैठकले के.स.का सबै पदाधिकारी र भौगोलिक कमान विभाजन गरी क्षेत्र र जिम्मेवारी बााड फााड गरियो ।
९. बैठकले देशभित्र र बाहिर सङ्गठन सुदृढ र विस्तार सम्बन्धि महत्वपूर्ण निर्णय लिएको छ ।
१०. मोर्चामा कार्यरत सबै तहका कार्यकर्ताहरूको वैचारिक राजनीतिक स्तर वृद्धि गर्न तहगत प्रशिक्षण र स्कुलिङ्गहरू संचालन गर्ने निर्णय गरेको छ ।
११. सङ्घर्ष सम्बन्धि महत्वपूर्ण निर्णयहरू भएका छन् । मुख्यतः संघीयता, स्वायत्तता, आत्मनिर्णयको अधिकार, राजनीतिक अग्राधिकार र जनताको संघीय गणतन्त्रको सुनिश्चितताको लागि राष्ट्रिय स्वाधिनता, नागरिक सर्वोच्चता, दिगो शान्ति, जनसंविधान निर्माण र एकीकृत नेकपा -माओवादी)को नेतृत्व राष्ट्रिय संयुक्त सरकार निर्माणको निम्ति बृहत संयुक्त मोर्चा बनाई सङ्घर्ष गर्ने कुरामा बैठकले विषेश जोड दिएकोछ ।
१२. बैठकले क.सुरेश आले मगरको संयोजकत्वमा ३१ सदस्सीय सल्लाहकार परिषद्को पुनर्गठन गरेकोछ ।
१३. बैठकले मगर कलाकारहरूको परिचालन, प्रकाशन, भाषा, संस्कृति, लिपिको विकास, प्रचार प्रसार र मोर्चाका काम-कार्यहरूलाई चुस्त र नियमित बनाउन आवश्यक विभागहरू बनाई जाने निर्णय गरेको छ ।
१४. बैठकमा प्रमुख अतिथि क. रामबहादुर थापा 'बादल'ले नवनिर्वाचित केन्द्रीय समितिलाई गहन प्रशिक्षण र आवश्यक कार्यनिर्देशन सहित शुभकामना दिनुभयो । साथै बैठकमा शुरुदेखि अन्तसम्म उपस्थित मगराात राज्य ईञ्चार्ज तथा मोर्चाका प|m्याक्शन ईञ्चार्ज क. सुदर्शन र मोर्चाका सल्लाहकार संयोजक क.सुरेश आले मगरले पनि महत्वपूर्ण प्रशिक्षणात्मक दिशानिर्देशन गर्नु भयो ।
१५. अन्तमा, अध्यक्ष क.सन्तोष बुढा मगरले प्रमुख अतिथि, अतिथि सबैलाई धन्यवाद दिंदै छोटो समयमा पनि बैठकले महत्वपूर्ण निर्णयहरू लिन सफल भएको संश्लेषण सहित बैठक समापन गर्नु भयो ।
....................
सन्तोष बुढा मगर
अध्यक्ष
मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल